चितवन,३ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ४२४ पुगेको छ ।

त्यस्तै पछील्लो चौबिस घण्टामा ३२ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ७५७ पुगेको छ ।

चितवनमा सकृय संक्रमितको संख्या २४२ मा झरेको छ । जस मध्ये २०७ जना होम आइसोलेसनमा छन् भने ३५ जना अस्पतालमा छन् ।चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ४२५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !