चितवन: जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने २० जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको स्ंख्या ५ सय ८७ पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये ३१ जना अस्पतालमा उपचाररत रहेका छन् भने ५ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार आज मात्रै २० जना कोरोना सङ्क्रमिति सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । जिल्लामा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५ सय ६० पुगेको छ । उनीहरु मध्ये २४ हजार ५ सय ६२ जना निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । ४ यस ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लाका अस्पतालमा आज ५४ जनाको उपचार भईरहेको छ । उनीहरु मध्ये २० जनाको आईसियुमा, १ जनाको एचएफएनसिमा, १६ जनाको एचडियुमा र १८ जनाको सामान्य आइसोलेसनमा उपचार भईरहेको छ ।






