काठमााडौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति नगर्न भन्नुभयएको हो ।

यसअघि पनि ओलीले सरकारबाट बाहिरिँदै गर्दा आफू नेतृत्वको सरकारले खोप ल्याएको तर, अर्को सरकार आउने बित्तिकै खोप ल्याएको दाबी गर्नेछन् भनी टिप्पणी गर्नुभएको थियो ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोनाविरुद्धको खोप हुने बताउनुभएको थियो ।
देउवाको सोही भनाइप्रति लक्षित गरी ओलीले खोपमा राजनीति नगर्न भन्नुभएको थियो । एमालेको केन्द्रीय कमिटीको दशौँ बैठक अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !