चितवनः पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ का ७४ वर्षिय बृद्धा रहेको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्या भई उपचारका लागि आएका उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ११ः५५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !