चितवनः जिल्लामा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा १ सय १७ नमुना परीक्षण गर्दा नवलपरासीका १ जना सहित २२ जनामा संक्रमण देखिएको हो । भरतपुर महानगरमा १८ जना, रत्ननगर १३ र १४ मा २ जना, खैरहनी ३ मा एक जनामा संक्रमण देखिएको हो । नवलपरासीको गैडाकोट ५ मा एक जनामा संक्रमण देखिएको छ । अस्पतालले मंगलबार विहान सार्वजनिक गरेको नजिा अनुसार १४ गते संकलित नमुना परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !