चितवन : चितवन मेडिकल कलेज सिएमसीको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार चितवनका ५८ र जिल्ला बाहिरका २६ गरी ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्लाको भरतपुर महानगरपालिका भित्रका मात्रै ४६ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।
रत्ननगर नगरपालिकाका ९ तथा खैरहनी राप्ती र इच्छाकामनाका समान एक-एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै सोही प्रयोशालाकानवलपुरका १४ जना, तनहुँ र बाराका समान चार-चार तथा गोरखा काठमाडौं र ललितपुर समान एक-एक जनामा कोरोना प्रयोगशालाले जानकारी दिएको छ ।





