चितवनः बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर २ बस्ने ३३ बर्षिय जीवन परियार रहेको रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार धनगढीबाट काठमाण्डौ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले इच्छाकामना गाउँपालिका वडा नम्बर ४ केवलकार गेट अगाडी पैदलयात्री परियारलाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट घाईते परिवारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।







