चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका वडा नम्बर ४ निबासी ६३ बर्षिया सुकमायाँ देवी तामाङ्को हत्यामा संलङ्नलाई पक्राउ गरी सार्बजनिक गरेको छ । तामाङ् पुस २६ गते आफै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाँधी मृत अबस्थामा फेला पर्नुभएको थियो ।
सो घटनामा सम्लङ्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा बाराको जीतपुर सिमारा उपमहानगरपालिका वडा नम्बर २२ घर भई रत्ननगर नगरपालिका वडा नम्बर १० बस्ने ४६ बर्षिय मोटे र बिजय भनिने शुक्रबहादुर भोलन, बाराको जीतपुर सिमारा उपमहानगरपालिका वडा नम्बर २२ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १० च्यासल बस्ने ४२ बर्षिय सुर्यमान वाईवा, धादिङ थाक्रे गाउपालिका वडा नम्बर ५ का ३२ बर्षिय बुद्धिमान लामा रहेका छन् । यस्तै स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर ४ बस्ने ३१ बर्षिय कौ बहादुर गुरुङ् र मकवानपुर थाहा नगरपािलका वडा नम्बर १२ घर भई हाल काठमाडौं थानकोट बस्ने ४७ बर्षिय हिरा बहादुर स्याङतान रहेका छन् ।
उनीहरुलाई रत्ननगर नगरपालिका, नवलपरासी (वर्दघाट, सुस्ता पूर्ब), इच्छाकामना गाउँपालिकाको फिस्लिङ र थानकोटबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले केही समय अघि तामाङ्को घरमा भाडामा बस्दै आएका भोलान सहितको योजनामा हत्या गरिएको बताउनुभयो । उनीहरुको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाईकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोवाईल, मृतकको पैसा राख्ने कपडाको पर्स र उनीहरुले प्रयोग गर्ने ७ थान मोवाईल बरामत गरिएको उहाँले बताउनुभयो ।
तामाङ्को घरबाट २ तोला ५० लालको सुनको सिक्री सहितको काँडावाला माडवरी १ थान, १ तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औंठी, १ तोलाको सुनको जन्तर, मोती माला, मोवाईल दुई थान र नगद रु १ लाख गरी रु १५ लाख ३६ हजार ७०० बराबरको सामान लुटपाट गरिएको प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका सबैलाई कर्तव्य ज्यान र चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्धा दायर गरिएको पुरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक सुभाष भट्ट नेतृत्वको अनुसन्धान टोलीले दुई साता लगाएर अनुसन्धान गरी दोसी पहिचान गरेर निजहरुलाई पक्राउ गरी सार्बजनिक गरेको हो ।






