चितवनःसंरक्षित वन्यजन्तु सालक सम्मेलन चितवनमा हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । नेपालमा पहिलो पटक सालक सम्मेलन गर्न लागिएको हो ।
डिभिजन वन कार्यालय चितवनको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख बिष्णु प्रसाद आचार्यका अनुसार बागमती प्रदेश भित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायीक वनका प्रतिनिधि, संरक्षण कर्मीहरुको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको हो । संरक्षित वन्यजन्तु सालकको अहिलेको अबस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौति लगाएतका बिषयमा सम्मेलनमा छलफल गरिने छ ।
आचार्यका अनुसार संरक्षणमा हातेमालो गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विज्ञहरु सहित दुई सय भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा सालकको अहिलेको अबस्था, संरक्षणमा देखिएका चुनौति र भावि कार्यदिशाका बिषयमा छलफल गरिने छ । छलफल संगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उहाँले बताउनुभयो । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उहाँको भनाई छ ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुको रुपमा सालकलाई राखेको सालक अहिले लोपउन्मुख अबस्थामा पुगेको पाईन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आबश्यक रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश वन तथा बातावरण मन्त्रालयका सचिब केदार वरालले नेपालमा पहिलो पटक सालक सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार बन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला बन्यजन्तुहरुलाई प्रथामिकता दिईने गरिएको भए पनि साना वन्यजन्तुहरु पनि उत्तिकै महत्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो “ठूला वन्यजन्तुहरु संरक्षणमा धेरैको ध्यान जाने भए पनि प्रदेश सरकारले सालकको संरक्षणका लागि निति तथा कार्यक्रम नै वनाएर काम अघि वढाईएको छ ।”
आगामि वर्ष देखि नियमित रुपमा सालक संरक्षणका लागि काम गरिने उहाँले बताउनुभयो । प्रदेशका सबै डिभिजन वनहरुमा सालक पाईने र यसको संरक्षणले प्रकृतिलाई फाईदा पुग्ने उहाँको भनाई छ । केही वर्ष पछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने वनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सामुदायीक वन र सालक संरक्षणमा लागेका सबैलाई एकिकृत गर्न यो कार्यक्रम फलदायी हुने छ । स्थानीय समुदाय, सामुदायीक वन उपभोक्ता समितिहरुसंग सालकको बासस्थान, खाने कुरा संरक्षणलाई अभियानको रुपमा अघि वढाईने उहाँले बताउनुभयो । सालक मार्नेलाई निकुञ्ज ऐन अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !