चितवनः नेपाल उद्योग वाणिज्य महासंघले उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजु श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरेको छ । महासंघको विधान २०४९ ९सातौँ संशोधन० को दफा १५ अनुसार श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरिएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठको अनुभव, योगदान र क्षमताले महासंघका गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । पत्रमा महासंघको उद्देश्य र कार्यक्रमलाई सफल बनाउन श्रेष्ठको सक्रिय सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।
महासंघले उद्योग–व्यवसाय क्षेत्रको सुदृढीकरण तथा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन अनुभवी व्यक्तिहरूको संलग्नतालाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

मानार्थ सदस्यमा मनोनयन भएपछि श्रेष्ठले निजी क्षेत्रको हकहित, उद्योग–व्यवसायको प्रवद्र्धन तथा आर्थिक विकासमा थप योगदान गर्ने बताउनुभयो । उहाँले आफ्नो भन्दापनि समग्र उद्योगी व्यवसायीको हकहितमा काम गर्ने जिम्मेवारी थपिएको बताउनुभयो । महासंघको गरिमालाई थप उचाईमा पु¥याउन आफूले योगदान गर्ने उहाँको भनाई छ ।

श्रेष्ठ २०७६–०७८ को उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष हुनुहुन्छ । त्यस अघि उहाँ बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कार्यसमिति सदस्य भएर यहाँको उद्योगी व्यवसायीको हकहितमा लामो समयदेखि काम गर्दै आउनु भएको छ ।

उहाँ सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । चितवन खेलकुद विकास समितिको अध्यक्ष भईसक्नु भएका श्रेष्ठ, नारायणी कला मन्दिरको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । श्रेष्ठ निर्माण व्यवसायी संघ चितवनको पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !