चितवन:नेपालको अग्रणी अडियो तथा पहिरनयोग्य उपकरण ब्रान्ड अल्टिमा लाइफस्टाइल ले काठमाडौं उपत्यकाबाहिर विस्तार गर्दै चितवनमा पहिलो खुद्रा स्टोर सञ्चालनमा ल्याएको छ । चितवनसँगै आज नै कम्पनीले काठमाडौंको बौद्ध मा पनि नयाँ आउटलेट उद्घाटन गरेको छ । आउटलेट विस्तारसँगै अल्टिमा लाइफस्टाइलले नेपालभर आफ्ना उत्पादनको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

नयाँ स्टोर उद्घाटनको अवसरमा कम्पनीले “अफरको महोत्सव” नामक विशेष अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले अल्टिमाका विभिन्न उत्पादनहरू आकर्षक छुट तथा निःशुल्क उपहारसहित प्राप्त गर्न सक्नेछन् । यसै अवसरमा अल्टिमा लाइफस्टाइलले नयाँ उत्पादन ‘अल्टिमा क्लियर माइक’ पनि सार्वजनिक गरेको छ । सामग्री सिर्जनाकर्ता, पेशेवर तथा सामान्य प्रयोगकर्तालाई लक्षित यस माइक्रोफोनमा एआई–सक्षम आवाज न्यूनिकरण प्रविधि समावेश गरिएको छ ।

यसले ५० मिटर सम्मको अवरोध–रहित रेकर्डिङ, तीन प्रकारका रेकर्डिङ मोड तथा टाइप–सी र लाइटनिङ रिसिभरको समर्थन प्रदान गर्छ । अल्टिमा क्लियर माइकको सुरुआती मूल्य रु. ३,४९९ तोकिएको छ भने यसको अधिकतम खुद्रा मूल्य रु. ७,९९९ रहेको छ । उद्घाटन समारोह अन्तर्गत बौद्ध र चितवन दुवै स्टोरमा ‘घुमाएर जित्ने’ अभियान सञ्चालन गरिएको छ, जसअन्तर्गत स्मार्ट घडी, अडियो डिभाइस, टेलिभिजन, वासिङ मेसिनलगायतका आकर्षक पुरस्कार जित्ने अवसर रहनेछ। एक जना भाग्यशाली विजेताले ५ ग्रामको सुनको सिक्का पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी, जनवरी २५ देखि फेब्रुअरी ३ सम्म प्रत्येक दिन पहिलो १०० जना आगन्तुकलाई निःशुल्क उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । अल्टिमा लाइफस्टाइलले चितवनमा पहिलो स्टोर उद्घाटनलाई स्वदेशी नेपाली ब्रान्डका लागि गर्वको क्षणका रूपमा लिएको छ र आगामी दिनमा देशभर आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !