चितवनः नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । चितवनको सौराहामा सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा गंगाधर भट्टराइ, उपाध्यक्षहरूमा खुल्लातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो ।
महासचिवमा सञ्जिव कुमार भडेल, उपमहासचिवहरूमा खुल्लातर्फ अरमेन्द्र कुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित हुनु भएको छ । सचिवमा अतिन्द्र राउत, गोविन्द प्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सह–कोषाध्यक्षमा राहुल कर्ण चयन हुनुभएको छ ।
केन्द्रीय सदस्यतर्फ खुल्लाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेश कुमार खत्री र शैलेस रिजाल चयन हुनुभएको छ । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टू गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुबेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन हुनुभएको छ।
महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन हुनुभएको छ। आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अंकित रावल चयन हुनुभएको छ। संघमा १ हजार तीन सय भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् ।








