म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ।
मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पु¥याएको हो । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।








