काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी दुई हजार २६५रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !