चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा रहेको क्लब बोस्टन सेन्टर फर ईन्फरमेशन एन्ड टेक्नोलोजिले “बिआइसि ह्याकाथन” प्रतियोगिता गर्ने भएको छ । यही पौस ३ देखि ५ गतेसम्म बोस्टन ईन्टरनेशनल कलेजमा प्रतियोगिता गर्न लागेको  हो ।

सन् २०१८देखि प्रतियोगिता गर्दै आएको कलेजको यो चौथो संस्करण हो । यस कार्यक्रम मार्फत विद्यार्थीहरुको सीप विकास र क्षमता उजागर गर्न सहयोग पुग्ने अपेक्षा समेत लिइएको कार्यक्रम संयोजक विकास अधिकारीले जानकारी दिए । कार्यक्रमले सहभागीहरुको प्राविधिक कौशलको विकास गर्नुका साथै संस्कृतिको रुपमा बढावा दिएर प्राविधिक कम्पनीहरुको विकासमा पनि ठूलो मद्दत पु¥याउने विश्वास उनको छ । कार्यक्रमले प्राविधिक कौशलको विकास मात्र नभई भावी पेसागत जिवनका लागि मार्गदर्शन समेत गर्ने कार्यक्रम कोडिनेटर सरिना घिमिरे बताइन् ।

४८ घण्टा निरन्तर चलिरहने कार्यक्रम ह्याकाथनमा विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नुपर्ने हुन्छ । तीन दिनसम्म हुने कार्यक्रमको पहिलो र दोस्रो दिन प्रतिस्पर्धीहरुले आफ्नो योजनालाई कोडिङमा परिणत गर्ने उनले बताइन् । साथै तेस्रो अर्थात् अन्तिम दिन आफूले बनाएको योजनालाई निर्णायकका सामु प्रस्तुत गर्नु पर्नेछ ।

कार्यक्रममा नेपालका जुनसुकै ठाउँमा रहेका कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले अधिकतम तीनको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । तर, प्रतिटोली एक जनालाई प्राथमिकता दिइने आयोजकले बताएको छ ।

यस कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगितामा सात प्रदेशका कम्तिा एक टोलीको सहभागिता हुने गरी १५ टिम भन्दा बढीको सहभागि भएमा विद्यार्थीको समुह आयोजकले छनोट गर्नेछ । हालसम्म कोशी, लुम्बेनी, गण्डकी र वागमती प्रदेशबाट विद्यार्थीले आफ्नो नाम दर्ता गराएका छन् । प्रतियोगिता प्रथम, द्धितिय र तृतीय पुरस्कार क्रमशः ५०, २० र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ह्याकाथन शब्द “ह्याकर“ र “म्याराथन,“ मिलेर बनेको शब्द हो । जहाँ “ह्याकर“ भनेको एक चलाख प्रोग्रामर र म्याराथन भनेको एक सिमित अवधि भित्र सहनशीलतापूर्वक कोडिङ गर्नु हो। ह्याकमथन एक सामाजिक कोडिङ कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस !