चितवन: यही माघ १ गते पोखरामा यति एयरलाईन्सको जहाज दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भए संगै हवाई यात्रा गर्नेको संख्या घटेको हो ।
भरतपुर नागरिक उड्ययन कायालयका अनुसार माघ १ गते देखि भरतपुरबाट काठमाडौं जाने र आउनेको संख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दिपक बि. के.का अनुसार पुस २८ गते २६० जना, २९ गते ३२५ जना, ३० गते २६० जना भरतपुरबाट काठमाडौं गएका थिए । माघ १ गते खराम मौसाका कारण उडान हुन नसकेको उहाँले बताउनुभयो । यस्तै २ गते १९९ जना, ३ गते १६८ जना र ४ गते १८७ जनाले यहाँबाट हवाई यात्रा गरेका थिए । भरतपुरबाट काडमाडौं हवाई यात्रा गरी जानेको मात्रै संख्या नघटेर आउनेको संख्या पनि घटेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
कार्यालयका अनुसार पुस २८ गते ३२१ जना, २९ गते ३१९ जना, ३० गते ३१३ जना यात्रु काठमाडौंबाट भरतपुर आएका थिए । यस्तै माघ २ गते १३८ जना, माघ ३ गते १८२ जना र ४ गते २०७ जना काठमाडौ.बाट चितवनका लागि हवाई यात्रामा आएका थिए । अहिले भरतपुर बिमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाईन्सले एउटा उडान काठमाडौं–भरतपुर–काठमाडौं गर्दै आएको छ भने बुद्ध एयरले एउटा भरतपुर–पोखरा–भरतपुर उडान गरिरहेको छ । यस्तै ८ वटा उडान बुद्ध एयरले काठमाडौं–भरतपुर–काठमाडौं गर्दै आएको छ ।
उहाँले भन्नुभयो “बिमान दुर्घटनाका कारण केही प्रभाव परेको देखिन्छ ।” उहाँले भरतपुर बिमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुहरुमा मानसिक प्रभाव परेको हुन सक्ने बताउनुभयो ।
बिमानस्थल आसपासमा रहेका भौतिक संरचना बिमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले केही समस्या भएको उहाँले बताउनुभयो । भरतपुर बिमानस्थलको धावन मार्गमा रहेका अफ्स्ट्याकलहरुका कारण समेत यात्रुहरुलाई हवाई यात्रा असहज वनेको कार्यालयले जनाएको छ । धावनमार्ग बिस्तारको तयारीमा रहेको कार्यालयले २५७ वटा घर मापदण्ड बिपरीत बनेका छन् । अहिले बिमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर रहेको छ । अफ्स्ट्याकलहरुका पुरै धावनमार्ग प्रयोगमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !