चितवनः भरतपुरमा रहेको अरोमा कलेजका शिक्षकले छात्रा माथि यौन दुर्व्यहार गरेको भन्दै पक्राउ गरिएको छ । कक्षा ११ मा अध्ययनरत छात्रालाई यौन दुव्यवहार गरेको भन्दै प्रयोगात्मक कक्षाका शिक्षक रामप्रसाद सुवेदीलाई पक्राउ गरीएको हो ।
सुवेदीले बिभिन्न बहानमा छात्राहरुको सम्बेदनशिल अंग छुने जस्ता काम गरेको भन्दै बिद्यार्थी आन्दोलित भएका थिए । आक्रोशित बिद्यार्थीले कलेजमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षकलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ।







