चितवनः माडी नगरपालिका वडा नम्बर ६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षिय अर्जुन तामाङ्ले ५५ बर्षिया आमा मायाँदेवि तामाङ्को हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हत्तियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरिक्षक रबिन बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मकैबारीमा काम गरीरहेको समयमा पछाडीबाट धारिलो हतियार प्रहार गरिएको हो । छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान सरु गरिएको उहाँले जानकारी दिनुभयो ।






