भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले समाज विकास हुनको लागि घर परिवारबाट नै शुरुवात हुनुपर्ने बताउनु भएको छ । इनर ह्विवल क्लब अफ नारायणीको छैठो स्थापना दिबसको अवसरमा आज नारायणगढ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले घर परिवार खुशी नभएसम्म समाज सुखी हुन नसक्ने बताउनु भयो ।
उहाँले जेष्ठ नागरिक समाजका धरोहर रहेको बताउदै ज्युदो इतिहास भएको समेत बताउनु भयो । सस्थाको स्थापना दिबसको अबसर पारेर सस्थामा आबद्ध सदस्यहरुका वृद्ध अभिभावक १६ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा इनर ह्विवल क्लब अफ नारायणीकी अध्यक्ष पुष्पा पौडेल, उपाध्यक्ष शान्ता पोख्रेल, क्लबकी निबर्तमान अध्यक्ष कल्पना थपलिया पाठक, इनर ह्विवल क्लब अफ भरतपुरकी अध्यक्ष विमला अर्याल लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !