चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० नहरचोकबाट बुधबार बिहान हराएकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । आज बिहान ८ वजे हराएकी ४ वर्षिय प्रबिशिका ढकाललाई प्रहरीले खोजि गरी परिवारको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परिवारको हेलचक्याईका कारण बच्चि हराएको हो । कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार गोरखा वारपाक नगरपालिका वडा नम्बर ३ का घर भई भरतपुर महानगरपालिका वडा नम्बर १० बस्दै आएका बबिता ढकालको परिवारले बालिका खेल्न गएको भन्ने बिषयमा ख्याल नपु¥याउँदा बालिका हराएकी हुन ।
एक साता मात्रै चितवन आएर बसेका ढकालको बालिका घर भन्दा पाँच किलोमिटर पर भेटिएको उहाँले जानकारी दिनुभयो । एक्लै भौतारीएर हिड्दै गरेको अबस्थामा उनलाई भेटिएको उहाँले बताउनुभयो ।






