चितवनः नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्गले राजनैतीक दलहरुलाई एमसीसीलाई हेर्ने दृष्ट्रिकोणमा बदल्नु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई बिभिन्न आँखाले हेर्दा समस्या आएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “एमसीसीलाई दलहरुले चीन र अमेरीकन आँखाबाट नहेरी नेपाली आँखाले हेर्नु पर्छ ।” देशको आन्तरिक मामला भएकाले के ठिक के बेठिक नेपाली दल र जनताले छुट्याउनु पर्नेमा अहिले बिदेशी शक्ति खेल्न थालेको उहाँकाृ भनाई थियो । उहाँले थप्नुभयो “हाम्रै कारणले बिदेशी शक्तिहरु एमसीसीको बारेमा बोल्न थालेका हुन्की भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरी राख्ने गर्दा बिदेशी निकायहरु सलवलाउन थालेको उहाँको आरोप थियो ।
सरकारमा बसेर सरकारको काम कारवाहीलाई सघाउनुको सट्टा बिरोध गर्ने प्रबृतीको अन्त्य हुनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारमा बसेर सरकारको कामलाई सघाउन सकिदैन भने सरकारमा बस्नुको अर्थ हुदैन ।”
प्रधानन्यायधिश माथिको महाअभियोग राजनैतीक दाउपेचका कारणले ल्याईएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “न्यायलय ठिक ढङ्गबाट सञ्चालन हुनु पथ्र्यो । न्यायलयको नेता प्रधानन्यायधिशले न्यायलय चलाउन नसकेपछि मार्ग प्रशशस्त गर्नु पथ्र्यो ।” उहाँले थप्नुभयो “समस्यालाई हेरेर बस्नु हँुदैन । राजनैतीक दाउपेचका आधारमा महाअभियोग आयो की भन्ने हो ।”
फरक प्रसंगमा बोल्दै उपसभापति गुरुङ्गले संसद सञ्चालनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबै एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । संसद प्रतिपक्षको भए पनि बिरोधका कारण बन्धक वनाउन नहुने उहाँको भनाई थियो । संसदमा सरकारका काम कारवाहीका बिषयमा बहस हुनुपर्ने र कानुनहरु वनाईनु पर्नेमा बन्दक बनाउनु गलत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “संसद सञ्चालनमा प्रतिपक्ष र सरकार चुक्दा संसद चल्न सकेन । जसले गर्दा संसदीय पद्दतीमा उपहास होकी भन्ने देखियो ।” संसद सञ्चालन नहुँदा कहि न कहि यो व्यवस्थालाई कमजोर बनाउन हामी आँफै लागेको त होईन भन्ने भान भएको उहाँको भनाई छ ।






