काठमाडौं,१३ पुस । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै च्याम्पियन बनेको छ ।

साविक विजेता नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।

आज मंगलबार भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भएको हो । नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस !