चितवन, १ पुस । कोरोना संक्रमणको तेस्रो लहर फैलदैं जाँदा जिल्लामा तोस्रो डोज खोपको माग गर्नेको संङ्ख्या वढ्दै गएको छ । कतिपयले पहिलो खोप समेत लगाउन पाएका छैनन् भने कतिपयले स्वास्थ्य कार्यालय चितवनमा गएर तेस्रोडोज खोपको माग गरिरहेका हुन ।

जिल्लाका बासिन्दाहरु मध्ये कतिपयले अहिले पनि पहिलो डोज खोप पाउन सकेका छैनन् । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार अहिले दैनिक १५÷२० जना तेस्रो डोजको खोप माग गर्दै आउने गरेका छन् । उहाँले भन्नुभयो “तेस्रो चरणको कोरोना संक्रमण देखिए पछि अहिले जनतामा त्रास छाएको छ । तेस्रो डोज खोप माग गर्न आउनेको संख्या दैनिक वढ्दो मात्रामा रहेको छ ।” खोपको माग गर्दै आउनेहरुले काठमाडौंमा तेस्रो डोज खोप सुरु भएको भन्दै आउने गरेको उहाँले बताउनुभयो ।

बिहिबार भरतपुर महानगरपालिकाले पहिलो र दोस्रो चरणको खोप सञ्चालन गर्दै आएको छ । हरेक बिहिबार बिदेश जाने र छुट्पुटका लागि भन्दै खोप सञ्चालन गर्दै आएको हो । हप्ताको एक दिन खोप कार्यक्रम सञ्चालन भएकाले गर्दा स्वास्थ्य कार्यालय चितवन नजिक रहेको मातृ शिशु क्लिनकबाट भरतपुर अस्पतालको गेट सम्म लाइन लागेर खोपको प्रतिक्षामा बस्नेहरुको भिड वढ्दै गएको छ । यही लाइनमा पनि कतिपय तेस्रो डोज खोपका लागि आएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !