नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको हुँदा काँग्रेसको विधान अनुसार धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा आज दिउँसो ३:३० बजे मतदान सुरु भएर साँझ ७ः३० बजे सकिने नेपाली काँग्रेसको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन्।






