चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा काँग्रेसको नेतृत्वमा आउनका लागि बिभिन्न व्यक्तिहरु दौडधुपमा लाग्नु भएको छ । यसै क्रममा आँफुलाई लामो समय सम्म काँग्रेसको बिभिन्न भूमिकामा उभ्याएर काम गरि सक्नु भएका कानुन व्यवसायी उद्धब वहादुर लोहनीले आँफुलाई पार्टीको जिल्ला उपसभापतिको उम्मेदवरको रुपमा अघि सार्नु भएको छ ।
वि. सं. २०२६ साल मंसिर २९ गते पिता टेकवहादुर र माता सत्यदेविको कोखबाट जनमनु भएका लोहनी कानुनमा स्नातक गरेर आफुलाई राजनीतिमा ल्याउनुभएको हो । २००७ सालको काँग्रेस आन्दोलन देखि सक्रिलय राजनीतिमा लागेको लोहोनी परिवार अहिले पनि अविचल्लित भई निरनतर लागिरहेको छ । काँग्रेसको राजनीतिमा रहि रहँदा उहाँले स्थानीय जनप्रतिनिधि भई स्थानिय बिकास निर्माणमा समेत ठूलो योगदान पु¥याउनुभएको छ ।
काँग्रेसका सानालाई मायाँ र ठूलालाई आदार गर्नुपर्छ भन्ने भवानाका साथ राजनीतिमा लाग्नु भएका लोहोनीको परिवार २०१८ सालको क्रान्तिमा नेपाली सेनाले परिवारका सदस्यलाई गिरफतारी गरी हात खुट्टा भाँचिदिएको थियो । हजुरवुबाको पाला देखि काँग्रेस प्रतिको झुकाब रहेका कारण उहाँले आफ्नो राजनीतिका गुरु स्वंम हजुवुबालाई दिने गर्नुहुन्छ ।
नेबिसंघ बालकुमारी कलेजबाट मुख्यगरि राजनीति यात्रा सुरु गर्नु भएका लोहोनी काँग्रेसको आबहानमा भएका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । नेपाल बिद्यार्थी संघको शिवनगर गाउँँ समितिको अध्यक्ष, काँग्रेसको वडा सभापति, क्षेत्री सह–सचिब, सचिब, काँग्रेस चितवनको जिल्ला समिति सदसय, प्रबक्ता, कार्य सम्पादन समितिको सदस्य, कानुनी सल्लाहाकार जस्ता महत्वपूर्ण जिम्मेवारीमा रही काम गरि सक्नु भएका लोहनीले मानब अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । मानब अधिकार उलंघन र ज्याजतीका दजौंनौ घटनामा अनुसन्धान समेत गर्नु भएका लोहोनी मानबअधिकार शान्ति समाज चितवनका संस्थापक सचिब हुँदै केन्द्रिय उपसभापति सम्मको जिम्मेवारी समेत निर्वाह गरी सक्नु भएको छ ।
पार्टी बिधि र बिचारबाट चल्नु पर्छ भन्ने मान्यता राख्ने लोहोनी पार्टीले आम निर्वाचनका क्रममा योग्यता, क्रियाशिलता नहेरी नातावाद र कृपाबाद हावि हुँदा समस्या आएको बताउनुहुन्छ । पार्टीभित्र बिकृति नेतृत्वका कारण भएको निष्ठाको कदर नभएकाले पार्टीले समाजबादी चिन्तन छोडेको आरोप लगाउनु भयो । पार्टीलाई परिवारको नभई परिवारलाई पार्टीको रुपमा लिन खोज्नु पार्टीका लागि घातक हुने उहाँको भनाई छ । अहिलेको नेतृत्व भ्रष्टाचारमा सून्य सहिसुणता आबश्यक रहेको भन्दै उहाँले यसलाई परिपुर्ती गर्ने नेतृत्वको खोजी गर्नु काँग्रेसीमा आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस !