बुटवलः लुम्बिनी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले सांसद अजय शाही र विमला खत्री वलीबारे निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने बताउनुभएको छ ।

आइतबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै प्रमुख विपक्षी दलका नेता पोखरेलले दुई सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेशसभा सभा चल्न नदिने बताउनुभएको हो ।

‘अजय शाही र विमला खत्री वली कुन दलका हुन् भनेर प्रमाणित गर्ने निर्वाचन आयोगले हो, उसले भन्नुपर्‍यो’ पोखरेलले भन्नुभयो “कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाई छैन ।”

प्रतिक्रिया दिनुहोस !