चितवन: नेकपा एमालेको १० औं महाधिबेशन चितवनमा हुने भएको छ । नेकपा एमाले चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि महाधिबेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा हुन लागेको जानकारी दिएको हो । नेकपा एमाले स्थायी कमिटी बैठकले महाधिबेशन चितवनमा गर्ने निर्णय गरे संगै यसको तयारीमा एमाले चितवन लागेको अध्यक्ष दिलकुमारी रावल थापा (पार्बती)ले जानकारी दिनुभयो । जिल्ला तय भई सकेको र अब स्थानको तय गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । महाधिबेशन सम्पन्न गर्नका लागि नेकपा एमालेका नेता राम वहादुर थापा “बादल”को नेतृत्वमा महाधिबेशन मूल व्यवस्थापन समिति गठन गरिएको सो अबसरमा जानकारी दिईएको थियो । महाधिबेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लाग्न बाँकी रहेको छ । बिधान अधिबेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिबेशनमा सहभागी हुने नेकपा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिनुभयो । महाधिबेशनको उद्घाटन सत्रमा ५ लाख एमालेका नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ । अहिलेको महाधिबेशनले राष्ट्रियता, स्वाधिनता, संबिधान र लोकतन्त्रको रक्षाका लागि उद्घोष गर्ने उहाँले बताउनुभयो । अधिबेशन पछि नेकपा एमालेले २०७४ सालको आम निर्बाचनमा कम्युनिष्ट गठवन्धनले प्राप्त गरेको सिट भन्दा वढि ल्याउने गरि पार्टी अघि वढ्ने पोख्रेलको भनाई थियो । अहिले एमालेको प्रतिशपर्धि सत्ताधारी दलहरु रहेको भन्दै उहाँले एमालेले एक्लै बहुमत ल्याउने गरि अघि वढेको बताउनुभयो । महाधिबेशनको प्रकृया अन्तर्गत कार्तीक ६ गते शनिवार वडा अधिबेशन र ९ गते मंगलबार पालिका अधिबेशन हुदैं छ । अधिबेशन सम्पन्न गर्नका लागि जिल्लाले पालिका तथा वडा स्तरमा कार्यदल वनाएर पठाएको जिल्ला अध्यक्ष रावलले बताउनुभयो । कार्यदलले सर्बसहमत नेतृत्व छनोटका लागि सहजिकरण गर्ने उहाँको भनाई थियो । जिल्ला अधिबेशनको मिति तय भइ नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !