चितवनः जनता समाजबादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा वनेको गठवन्धन आगामी निर्वाचन सम्म कायम रहनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले संबिधान, संरक्षण र सुधार गर्न अग्रगामी गति दिन गठवन्धन कायम रहनु पर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “संबिधानका जन्मदाता र संरक्षकहरु बिच सहकार्य भएर जानु पर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसदको कार्यकाल पुरा गर्ने गरी सरकार रहने बताउनुभयो । गठवन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनु पर्ने उहाँको भनाई थियो । अहिलेको सरकार संकटकालिन अबस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौति पार गर्नु पर्ने अबस्था रहेको राईले बताउनुभयो ।
अहिलेको सरकार सम्यमता अपनाउन नसके मुलुक ठूलो अफ्ठ्यारोमा पर्न सक्ने उहाँले जानकारी दिनभयो । अहिले सरकार संग दुई तिहाई नभएकाले संबिधान संसोधन सम्भव नरहेको उहाँको भनाई छ ।






