चितवन,१४ असोज । नेपाल रेडक्रश सोसाइटीले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना कहरको समयमा आबश्यक पर्ने स्वास्थय सामाग्री अस्पताललाई सहयोग गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले तीन लाख बराबरको स्वास्थ्य सामाग्री संयुक्त रुपमा भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीलाई हस्तान्तरण गर्नु भयो ।
जसमा १ हजार ५ सय थान सर्जिकल माक्स, ७ सय ६८ बोटल सेनिटाइजर, ६ हजार थान ग्लोव्स, ५० पिस डिस्पोजेवल हुल्ड, ५० पिस फेससिल्ड रहेका छन् । कोकाकोला फाउण्डेसनको सहयोगमा रेडक्रशलाई प्राप्त भएको सामाग्री अस्पतालालई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुखजिल्ला अधिकारी तामाङ्ले जनताको स्वास्थ्यलाई मध्यनजर गरि दिईएका सामाग्रीको सही सदुपयोग गर्नु आबश्यक रहेको बताउनुभयो । कोरोना संग वच्नका ललागि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गर्नु महत्वपूर्ण हुने बताउनुभयो ।
सो अबसरमा नपाल रेडक्रश सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले पछिल्लो समयमा फाउण्डेसनको सहयोगमा चितवन सहित १० जिल्लामा सामाग्री बितरण गरिएको जानकारी दिनुभयो । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष अधिकारीले कोरोनाको दोस्रो महामारि केही हद सम्म नियन्त्रणमा आएको र तेस्रो लहरको डर भईरहेको समयमा प्राप्त सामाग्रीले स्वास्थ्य कर्मीहरुलाई काम गर्न सहज वनाएको बताउनुभयो ।






