सर्लाही, १३ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके ९जेभी०का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गर्नुभएको हो ।

सङ्घीय सरकारको रु तीन करोड ३२ लाखको लागतमा सो १४ कोठेभवन सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनशील कन्ट्रक्सन प्रालि पिएमके९जेभी०ले निर्माण गरेको बताइएको छ ।

सो भवन निर्माणका लागि स्थानीयवासी कौशिल्यादेवी श्रेष्ठले छोरा स्व। ईश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गर्नुभएको थियो । सो भवनबाट यही असोज २६ गतेदेखि वडा कार्यालयले आफ्नो सेवा प्रवाह गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !