चितवनः भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायीक बिद्यालयलाई बस हस्तान्तरण गरेको छ ।
महानगरपालिकाले नारायणी नमुना माध्यामिक बिद्यालय भरतपुर १०, प्रभात माबि भरतपुर २५, भिमनगर माबि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कबिलास माबि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले बिद्यालयका प्रधानाध्यापक र व्यवथापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गर्नु भएको हो । सो अबसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि महानगर लागि परेको बताउनुभयो ।
उहाँले भन्नुभयो “बिद्यालयको शैक्षिक बिकास संगै भौतिक बिकासका लागि महानगरपालिका काम गरिरहेको छ ।” शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानिय तह भएको उहाँको भनाई थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबको रुपमा बिकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र वनाउने उहाँले बताउनुभयो । कार्यक्रममा नारायणी नमुना माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक पूर्ण दवाडीले निजी बिद्यालयमा जस्तै सामुदायीक बिद्यालयमा पनि बिद्यार्थीहरुको आकर्षण वढ्दै गएको बताउनुभयो ।
सामुदायीक बिद्यालयमा पनि बिद्यार्थीको चाप वढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उहाँको भनाई थियो । महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका बिद्यालयहरुले सम्झौता गरि खरिद गरेका हुन । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको बताउनुभयो । महानगरले बस हस्तान्तरण गरे संगै सञ्चालन खर्च बिद्यालयले वेहोर्नु पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !