चितवनः सरकारले गरेका जनबिरोधि कामका बिषयमा संयुक्त बिद्यार्थीहरुले आज यहाँमसाल जुलुस प्रदर्शन गरेका छन् । कमलनगरमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्किएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
पार्टी कार्यालयबाट निस्किएको मसालजुलुसलाई प्रहरीले तितरबितर्न गर्न खोजे पनि त्यो असफल रह्यो । सुरुवातमा बिरेन्द्र क्याम्पसमा गर्ने भनिएको प्रदर्शन प्रहरीको बाक्लो उपस्थिति रहे पछि त्यहाँबाट स्थान परिवर्तन गरि प्रहरीलाई समेत जनाकारी नगराई गरिएको प्रदर्शनमा बिद्यार्थीहरु एकै ठाउँको दुई स्थानबाट मसालजुलुस निकालेका थिए ।
प्रदर्शनका क्रममा राष्ट्रिपति र प्रधानमन्त्री बिरुद्ध नारावाजि गरिएको थियो । संयुक्त पाँच बिद्यार्थी संठनको आन्दोलनका क्रममा बिद्यार्थीहरुले देशव्यापि रुपमा प्रदर्शन गर्ने क्रममा चितवनमा पनि आज प्रदर्शन गरिएको हो । प्रदर्शन पछि आयोजीत कोण सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले संसंद बिघठनको बिरुद्ध र जनताले कोरोना खोप नपाएको बिषयमा बिरोध जनाएका थिए ।
नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जनतममको स्वास्थ्यमा खेलवाड गर्ने सरकार अब देशमा नचाहिएको बताउनु भयो । उहाँले भन्नुभयो “सरकार कहाँ छ । जनता कोभिडको खोप नपाएर छटपटाई रहेका छन् ।स्वास्थ्य मन्त्री कमिसन नपाएर खोप ल्यान हिचकिचाई रहेका छन् ।” जनताको स्वास्थ्यमा खेलवाड गर्ने सरकार आबश्यक नरहेको उहाँको भनाई थियो । सभामा अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला संयोजक अबिनास रम्तेल, समाजवादी बिद्यार्थी युनियन चितवनका संयोजक अनोज जोशीले सरकारका गलत कृयाकलापका कारण आँफुहरु आन्दोलनमा आउनु परेको बताउनु भएको थियो ।





