
काठमाडौंः नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उहाँकी धर्मपत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि रु १५ लाख ५०१ उपलब्ध गराउनुभएको हो ।
अक्षयकोषको व्याजबाट प्राप्त हुने रकम भक्तपुर सल्लाघारीस्थिति सैनिक महाविद्यालयमा विज्ञान सङ्कायतर्फ कक्षा ११ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने फ्लोर तथा सिपाहीका छोरीलाई छात्रवृत्तिका लागि प्रदान गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । रासस