नेपाली प्रदेश सभाकै परिपक्को व्यक्तिः गुरुङ

पोखराः नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताउनुभयो ।
तर मुख्यमन्त्री पोखरेलले आफ्नो लागि नभई गठबन्धन सरकारका लागि विश्वासको मत मागेका कारण आफूले विश्वासको मत दिन नसक्ने उहाँको भनाई छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका गुरुङले विषयगत तथा दायित्व र जिम्मेवारीवोधका हिसाबले सरकारको मूल्यांकन गर्ने बताउनुभयो ।
जुन उद्देश्यले गठबन्धन बनेर सरकार गठन भएको छ, त्यसका आधारमा आफूहरुले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता नदेखिएको उहाँले प्रष्ट पार्नुभयो । “मुख्यमन्त्रीजीलाई व्यक्तिगत रुपमा विश्वास नगर्नुपर्ने कारण छैन, तर व्यक्तिको लागि उहाँले मत माग्नुभएको छैन,“ उहाँले थप्नुभयो ‘सरकारका लागि उहाँले विश्वासको मत माग्नुभएको हो, सरकारलाई अहिले नै विश्वासको मत दिने बेला भएको छैन ।
’ संघीयताको सवालमा काठमाडौंको मानसिकता सकारात्मक नरहेको भन्दै उहाँले भन्नुभयो “काठमाडौंको मानसिकताका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरू अप्ठ्यारोमा परेका छन् ।“ हिजोका दिनमा त्यो अप्ठ्यारो आफूले महसुस गरेको र आज मुख्यमन्त्री पोखरेल त्यो महसुस गर्ने स्थानमा रहेको उनले प्रस्ट पारे । संघीयता बलियो पार्ने सवालमा खुट्टा नकमाइ काम गरेको खण्डमा आफूले सदैव सहयोग गर्ने उहाँको भनाइ थियो ।
अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer