चितवन, : चितवनका अस्पतालहरुमा आज एकैदिन आठ जना संक्रमितको मृत्यु भएको छ । चितवनका पाँचसहित अन्य जिल्लाको तीन गरी आठ जनाको निधन भएको हो ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन् । त्यसैगरी विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर १३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ४० जना, जेनरल बेडमा १११ जना गरी जम्मा २५१ जना अस्पतालमा उपचार गराइरहेका छन् । विगत २४ घण्टामा १९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विगत २४ घण्टामा चितवनमा ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ९ जना र राप्तीमा २ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ३०५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १४४ जना, अस्पतालको आइसोलेसनमा १२४ जना र सार्वजनिक आइसोलेसन केन्द्रहरुमा ३७ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आजसम्म चितवनमा २५७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस !