चितवनः नेपाली काँग्रेस चितवनले प्रजातन्त्रका सेनानी एबं नेपाली काँग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३ औं दिनको पूण्य तिथिको अबसरमा आयोजीत श्रद्धान्जली सभामा काँग्रेस पार्टी कार्यालयमा रहेको सभाहललाई उहाँको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।

श्रद्धान्जली सभामा नेपाली काँग्रेस चितवनका पूर्ब सभापतीहरु कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, जिल्ला सदस्य केशब महर्जन लगाएतले श्रेष्ठको योगदानको बिषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापती श्रेष्ठले सभाहलको नामकरण गर्नु भएको थियो ।

वि. सं. १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पव्लिक पदम हाइस्कुलमा अध्ययन गर्नु भएको थियो । वि. सं. २०१२ सालमा चितवन आउनु भएका उहाँले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०१५ सालबाट चितवनमा स्थायी वसोवास गर्नु भएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

वि.सं. २०१७ सालाको राजनीतिक कु संगै तनहँुको बन्दिपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वि.सं. २०१८ सालपछी ८ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नु भएका उहाँ २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । प्रजातान्त्रीक आन्दोलनका अथक संघर्षसिल योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आँफुलाई समाहित गर्नु भएका महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।
उहाँको निधन जेठ २२ गते काठमाडौंमा उपचारका क्रममा भएको हो ।

प्रतिक्रिया दिनुहोस !