चितवनः चितवनमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पाचौं पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गते देखी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो । तेस्रो चरणमा जेठ १३ देखी २० गते सम्म निषेधाज्ञाको जारी गरेको थियो । चौथो चरणमा जेठ २० गते देखी २७ गते सम्म निषेधाज्ञा थपिएको थियो । पाचौं चरणको निषेधाज्ञा असार ३ गते सम्मलाई लम्बाईएको थियो भने यो अवधिमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरि छौठौ चरणको निषेधाज्ञा असार १० गते सम्मलाई लम्बाईएको हो ।

adesh_78_3_2

प्रतिक्रिया दिनुहोस !