काठमाडौँ, : मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

तर, यता चाँदीको मूल्यमा उच्च गिरावट आउदै गर्दा आज सुनको मूल्यमा भने स्थिरता आएको छ । महासंघका अनुसार आज सुन गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार २०० नै कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस !