
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
१४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय लिएको छ ।