
चितवनः विश्वका एकसय ३३ भन्दा बढी राष्ट्रहरु सदस्य र दशलाख भन्दा बढी विश्वका दन्त चिकित्सा सदस्य रहेको विश्व दन्त परिषद (वल्र्ड डेन्टल फेडेरेसन)मा दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको श्रृंखलामा छनौट हुनुभएको छ । परिषदको सदस्य रहेका सदस्य राष्ट्रहरुबाट एक जना सहभागी छन् । डा. सरु नेपालको प्रतिनिधित्व गरेर छनौट हुनुभएको हो । परिषदले हालसालै नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनौट गरेको हो ।
डा. थापा विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेरणादायी काम गरेको विश्व दन्त परिषदको वेबसाईटमा समेत राखिएको छ । नेपाल दन्त चिकित्सक संघले भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई नेपालको प्रतिनिधित्व गरेर पठाइएको थियो । दन्त चिकित्सामा विरामीलाई गुणस्तरीय सेवा , सामाजिक अभियानको सक्रियताको मुल्याङ्कन गर्दै उनलाई छनौट गरिएको परिषदको वेवसाईटमा उल्लेख गरिएको छ । डा. सरुले आफु छनौट भएपछि थप हौसला मिलेको बताउनुभयो । उहाँले सफलता हासिल गर्न आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने दन्त चिकित्सकहरु सहित सबैलाई धन्यावद दिनुभएको छ ।
थापा छनौटको कामको मुल्याङ्कन अन्तराष्ट्रिय स्तरमा नेपालकी चिकित्सक सम्मान गरिएको नेपाली चिकित्सकले बताएका छन् । नेपाल चिकित्सक संघ चितवनका पूर्व अध्यक्ष डा. प्रकाश खतिवडाले अन्तराष्ट्रिय स्तरमा भएको डा. सरुको सम्मानले नेपाली चिकित्सकको सेवाको कदर भएको बताउनुभयो ।
डा. थापा साईराम डेन्टल केयर नारायणगढकी प्रबन्ध निर्देशक हुनुहुन्छ ।उहाँ विगत १६ वर्षदेखी दन्त चिकित्सा सेवामा सक्रिय रहनुभएको छ ।