काठमाण्डौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।






