चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याईएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याईएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार हाललाई १५ शैया तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शैयासम्म पु¥याउन सकिने छ । देशैभरीबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको शिलशिलामा चिकित्सक कर्मचारीलाई संक्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताउनुभयो । हाल अस्पतालमा कार्यरत १४ जना चिकित्सक कर्मचारीलाई संक्रमण देखिएकोछ । उनीहरु अधिकांश होम आईसोलेसनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई वटा मेडिकल कलेजमा संक्रमितको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !