
चितवनः भरतपुर अस्पतालमा उपचाररत वर्दाघाटका कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दाघाट नगरपालिका वडा नम्बर ७ का ४१ बर्षिय पुरुष रहेका छन् ।
अस्पतालका अनुसार फोक्सो सम्बन्धि समस्या भई बैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज दिउँसो १ वजे मृत्यु भएको हो ।