चितवनः जिल्लामा आज देखि निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि बैशाख ३१ दिनसम्म निषेधाज्ञा गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले १५ दिन निषेधाज्ञा गरेको हो । निषेधाज्ञाका कारण चितवनका बजारी क्षेत्र बिहानैबाट सुनसान रहेका छन् । बजारहरु बन्द छन् भने सवारी साधनहरु पनि चलेका छैनन् ।

खाद्यान्न पसलहरु भने बिहानैबाट खुलेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री गर्ने पसल तथा व्यवसायहरु बिहान ३ घण्टा मात्र सञ्चालन गर्न पाइनेछ ।

कोभिड १९ फैलिदै गएपछि बुधवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) ले १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको थियो। डीसिसिएमसीको सिफारिसमा चितवन प्रशासनले निषेधाज्ञा गरेको हो ।

प्रतिक्रिया दिनुहोस !