चितवनः कोरोनाका कारण पूर्बी चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६१ वर्षिय पुरुष रहेका छन् ।

उनको भरतपुर अस्पतालमा आज विहान ११ः२५ वजे मृत्यु भएको हो । अस्पतालका अनुसार वैशाख १० गते कोरोना परिक्षण गरि ११ गते सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यो यो संगै १ सय १६ पुगेको छ । जिल्लामा ७ हजार २ सय ७३ जना सङ्क्रमित भई सकेका छन् । जस मध्ये ३ सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !