चितवनः कोरोना भाइरस कोभिड १९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ की ३९ वर्षिया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडीकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भए संगै चितवन मेडीकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !