चितवनः कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १८ का ५२ वर्षिय पुरुष रहेका छन् ।

निमोनिया, मधुमेह र रक्तचापका कारण उपचारका लागि भरतपुर अस्पतालमा आएका उनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चैत २२ गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान ८ः३० वजे मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

शब व्यवस्थापनका लागि नेपाली सेनासंग समन्वय भईरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म ६ हजार ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ७ जना अस्पताल र ६१ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस !