
चितवन, २९ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ रामपुरमा आज आईतबार बिहान म्याजिक भ्यान अनियंत्रित भई कल्भडको डिलमा ठोकिन पुग्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा नाम,थर,वतन नखुलेका बर्ष अन्दाजी ४५ र ५५ बर्षिय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुरबाट शारदानगर टाउन तर्फ जाँदै गरेको ना.१ ज.६८५९नम्बरको म्याजिक भ्यान आज बिहान ९:३५ बजे तिर दुर्घटना परेको हो।
४५ र ५५ बर्षिय दुवै पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने घाइते ७ जना मध्ये पुरानो मेडिकल कलेजमा २ जना,चितवन मेडिकल कलेजमा १ जना र भरतपुर सरकारी अस्पतालमा ४ जनाको उपचार भई रहेको र घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य को अवस्था भने खतरामुक्त भएको प्रहरीले जनाएको छ।