चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरमा रहेको सिद्धेश्वर आधारभूत बिद्यालयमा निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । बिद्यालयको आयोजना र अखण्ड स्माईल डेन्टल प्रा लि बुद्धचोकको प्राबिधिक सहयोगमा सम्पन्न सो शिबिरमा २ सय जना को दाँतको परिक्षण गरिएको थियो ।

नेविसंघ नेता बिष्णु भूजेलको संयोजकत्वमा भएको सो कार्यक्रममा सरसफाइ सामाग्री समेत बितरण गरिएको थियो । नेबिसंघ नेता परमेश्वर खनाल, हरि पौडेल, दिनेश पौडेल, लक्ष्मण गुरुङ लगाएतको सहयोगमा प्राप्त सरसफाई सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा डेण्टल प्रबन्ध निर्देशक डा. लक्ष्मण पौडेल, विद्यालयका प्रधानाध्यापक  महेन्द्र प्रसाद खनाल, रिता पौडेल लगाएतले बोल्नु भएको थियो । कार्यक्रम बिध्यालय  व्यवस्थापन समितिका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !