बैतडीः गोली प्रहार गरेर छोरीको हत्या गर्ने बाबुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । शनिबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले आफ्नै विवाहित छोरी बेलमती महरालाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइती घरमा आएकी छोरीलाइ गोली हानेर हत्या गरेका थिए ।

हत्या लगत्तै बन्दुकसहित फरार रहेका उनले पक्राउ गर्न आउनेलाई समेत गोली हानेर मार्ने धम्की दिएर भागेको प्रहरीले जनाएको छ ।

हत्या लगत्तै उनले आफ्नै घरमा आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !